बुधबार, कार्तिक ७, २०८१
08:11 | १२:५६

गगनसिंह थापाको आठौं कृति ‘अस्ताचलको ढोकाबाट’ विमोचन

नेपाली लिङ्क अक्टोबर ९, २०२२

कैलाली । आख्यानकार गगनसिंह थापाको आठौं कृति ‘अस्ताचलको ढोकाबाट’ उपन्यास उनकै गृहनगर टीकापुरमा एक कार्यक्रमबीच विमोचन गरिएको छ ।

उपन्यास विमोचन गर्दै वरिष्ठ साहित्यकार रामलाल जोशीले थापाको लेखकीय शैलीलाई उनको कृति कर्णालीको छेउछाउ देखि नै आफूले पछ्याउँदै आइरहेको बताए। सूदुर पश्चिम र कर्णाली क्षेत्रको भाषा, संस्कृति र सभ्यतालाई थापाका कृतिहरुले मुलधारमा लगेको र आफूहरुले त्यसलाई अगाडि बढाउन प्रयास गरिरहेको उनले बताए ।

पुस्तकको समिक्षा गर्दै प्रा.डा. धनकृष्ण उपाध्यायले भने,  ‘अस्ताचलको ढोकाबाट कृति संस्मरण र उपन्यासको उच्च काब्यिक समिश्रण रहेको र यसमा लेखकले आफ्नो मृत्यु पछिको अलौकिक स्वप्न यात्रालाई पुर्वीय दर्शनमा टिक्दै जिवन्त कथा बनौट गरेको पाइन्छ । वास्तबमै यो कृति नेपाली साहित्यका लागि नृसिंह अवतार हो ।’

देवकोटा साहित्य कला परिवारका अध्यक्ष बलबहादुर रावलको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकारहरु कर्णबहादुर थापा, धनन्जय तिमिल्सिना, टीकापुर विकास समितिका पूर्व अध्यक्ष मिनबहादुर रावल, स्व. थापाका छोरा हिक्मत थापा र छोरी पदमिनी थापालेसमेत थापाको व्यक्तित्व र कृतिमाथि आफ्ना धारणा राखेका थिए  ।

पत्रकार परमानन्द पाण्डेले कार्यक्रमको सहजीकरण गरेका थिए । सोह्र सौगात (कथा संग्रह २०३५), कर्णालीको छेउछाउ (उपन्यास २०७१), पुर्खाको चिट्ठी (उपन्यास २०७२), मेरो मधुशाला (उपन्यास २०७४), उज्ज्वली (लघु उपन्यास २०७६), महाप्रलय (उपन्यास २०७७) र मरुभूमिकी महारानी (लघु उपन्यास २०७७)  स्वर्गीय थापाका प्रकाशित हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू