मंगलबार, चैत ६, २०८०
06:04 | ११:४९

प्रचण्डलाई चितवनबाटै लड्न गठबन्धन दलको आग्रह

रासस अक्टोबर ५, २०२२

चितवन । नेकपा माओावदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चितवनबाटै निर्वाचन लड्न सत्ता साझेदार गठबन्धनभित्रका दलहरुले अनुरोध गरेका छन् ।

चितवनका सत्ता साझेदार दलहरुको संयुक्त बैठकले अध्यक्ष दाहाललाई सो आग्रह गरेका हुन् । मंगलबारको बैठकपछि जारी विज्ञप्तिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चितवन छाडेर अन्यत्र जाने भन्ने समाचार आएको खबरले ध्यानाकर्षण भएको भन्दै दाहाललाई पहिले निर्वाचित भएकै चितवन क्षेत्र नम्बर ३ बाटै निर्बाचनमा उठ्न आग्रह गरिएको छ ।

नेपाली कांग्रेसका सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको बैठकले यही असोज २३ गते हुने मनोनयनका लागि प्रत्येक दलबाट दुई–दुई जनाका दरले तयारी समितिसमेत गठन गरेको विज्ञप्तिमा जनाइएको छ ।

साथै सो विज्ञप्तिमा गठवन्धन दलका नेता कार्यकर्तालाई गठबन्धनका उम्मेदवार विजयी गराउन अग्रसर हुनसमेत अनुरोध गरिएको छ ।

बैठकमा नेकपा माओवादी केन्द्र चितवनका अध्यक्ष रामचन्द्र अधिकारी, नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष कृष्णराज न्यौपाने, राष्ट्रिय जनमोर्चाका विष्णु पौडेल, जनता समाजवादी पार्टीका प्रेमराज भुजेलको उपस्थिति थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू