शनिबार, मंसिर २४, २०७९
22:50 | ०४:३५

राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाउने  

रासस अक्टोबर ३, २०२२

फाइल फोटो

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैं २०७९ को अवसरमा यस वर्ष विशिष्ट व्यक्तिका साथै सर्वसाधरणलाई विजया दशमीमा टीका प्रसाद प्रदान गर्ने भएकी छन् ।

राष्ट्रपति कार्यालयले तयार गरेको कार्यतालिका अनुसार व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख, मन्त्रीगण, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट व्यक्तिलाई दिउँसो २ देखि ३ बजेसम्म तथा सर्वसाधरणलाई दिउँसो ३ देखि साँझ ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार यही असोज १९ गते बुधबार विजया दशमीका दिन राष्ट्रपतिबाट टीका तथा प्रसाद प्रदान गर्ने कार्यक्रम छ ।
टीका ग्रहण गर्नका लागि राष्ट्रपति कार्यालयले मर्यादित पोसाकमा उपस्थित हुनसमेत अनुरोध गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू