बिहीबार, वैशाख ६, २०८१
12:22 | १७:०७

लण्डनबाट रोमान्टिक जोडीको भिडियो रिलिज

नेपाली लिङ्क सेप्टेम्बर १७, २०२२

लण्डन । ‘भन कति माया गर्छौ मलाई’ बोलको गीतमा बनाइएको भिडियो बेलायतबाट रिलिज गरिएको छ । उत्तम जंग लिम्बु र दीपा लामाको स्वर रहेको गीतको भिडियोमा प्रेम र रोमान्सका किस्साहरुलाई निर्देशक कुशल श्रेष्ठले प्रेमील ढंगले प्रस्तुत गरेका छन् । 

वैँशालु उमेरमा गहिरो प्रेममा परेका एक रोमान्टिक जोडीले एक अर्कालाई ‘कति माया गछौँ मलाई’ भन्दै सोध्छन् । ‘तिमी मेरो शितल जुन र बिहानको किरण हौ’ जस्ता उपमा दिएर एक अर्काको प्रेममा परेका दृश्यहरु भिडियोमा जति हेर्यो उति हेरौँ हेरौँ लाग्छन् ।

भिडियोमा मोडलद्वय पदम गुरुङ र रिया पुन गुरुङको प्रेम रोमान्सले भरिएको प्रस्तुति हेरिरहुँ जस्तो देखिन्छ । बेलायतका रमणीय स्थानहरु र मोडलद्वयको गहिरो प्रेमाभावले भिडियो सकिएको दर्शकले पत्तै पाउँदैनन् ।

युवा निर्देशक श्रेष्ठको उत्कृष्ट छायांकन भिडियोको तारिफयोग्य अर्को पक्ष हो । निर्देशक श्रेष्ठकै सम्पादन रहेको गीतका शब्द शृजना बिनोद गुरुङका हुन् भने गीतमा संगीत उत्तम जंग लिम्बुले भरेका छन् । 

संजय शाहको एरेन्ज रहेको गीतमा विकास धमलाको कलर, दीपिका श्रेष्ठको कोरियोग्राफी र मेकअप अनि गहेन्द्र शाक्यको सह छायांकन छ । 

हेर्नुहोस् प्रेम र रोमान्सले भरिएको यो रमाइलो भिडियो-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू