शुक्रबार, वैशाख ७, २०८१
14:45 | १९:३०

संचारकर्मी तामाङको सृजना ‘मृत्यु’ सार्वजनिक

नेपाली लिङ्क अगस्ट २६, २०२२

लन्डन – बेलायतलाई कर्मथलो बनाउंदै आएका सञ्चारकर्मी जय तामाङले रचना गरेको ‘मृत्यु’ बोलको भजनमा बनाइएको म्यूजिक भिडियो सार्वजनिक भएको छ  ।

रेकर्डिङ स्टुडियो भर्सनमा छायांकन गरिएको भिडियो मिराज अर्यालले सम्पादन तथा छायांकन गरेका छन् । भिडियोमा अंग्रेजी सबटाइटलसमेत राखिएको छ ।

उक्त गीतमा जन्म–मृत्यु निश्चित भएको र यसलाई टार्न नसकिने भएकाले सबैले सहर्ष स्वीकार्नुपर्ने भाव व्यक्त छ । केशव भावुकको स्वर/संगीत रहेको गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका हुन् ।

भिडियो यस्तो छ-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू