बिहीबार, चैत १५, २०८०
16:27 | २२:१२

एमालेद्वारा निर्वाचन आयोगमा दल दर्ता

रासस अगस्ट ९, २०२२

नेकपा (एमाले) का महासचिव शङखर पोखरेललगायत नेता मङगलबार निर्वाचन आयोगमा दल दर्ता गर्न जाँदै । तस्वीर- रासस

काठमाडौं । नेकपा (एमाले) ले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आज निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।

एमालेका नेता र कार्यकर्ताको टोलीसहित जमलस्थित आयोगको कार्यालयमा पुगेर आज दल दर्ताका लागि आवेदन दिइएको हो ।

दर्तापछि प्रतिक्रिया दिँदै एमालेका महासचिव शंकर पोखरेलले आफूहरू निर्वाचनमा बिना उद्देश्य गठबन्धन गरेर जाने पक्षमा नरहेको स्पष्ट गरे ।

आगामी मङ्सिर ४ गते निर्वाचन तोकिएपछि आयोगले दल दर्ताका लागि समय खुल्ला गरेको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू