बिहीबार, वैशाख १३, २०८१
11:30 | १६:१५

रुसद्वारा बुल्गेरियाका १४ कूटनीतिज्ञ निस्कासित

रासस/सिन्ह्वा अगस्ट ५, २०२२

मस्को, २० साउन –रुस र बुल्गेरिया विचको कूटनीतिक सम्वन्धमा तनाव बढेको छ ।

रुसले बुल्गेरियाका १४ कूटनीतिज्ञलाई आफ्नो देश छाड्न आदेश दिएको अधिकारीहरुले जनाएका छन् ।

बुल्गेरियाले रुसका ७० कुटनीतिज्ञहरुलाई देश निकाला गरेकाले प्रतिक्रिया स्वरुप रुसले बुल्गेरियाका कूटनीतिज्ञहरुलाई निकाला गरेको हो ।

रुसको विदेश मन्त्रालयले रुसका लागि बुल्गेरियाका राजदूत अतानास क्रास्तिनलाई मन्त्रालयमा बोलाएर १४ जनालाई देश निकाला गर्ने निर्णय भएको जानकारी गराएको थियो ।

निस्कासित गरिएका सबै जना मस्कोस्थित बुल्गेरियाको दूतावास र कन्सुलर कार्यालयमा कार्यरत थिए ।

बुल्गेरियाले आफ्ना कूटनीतिज्ञहरूलाई जस्तो व्यवहार गरेको थियो, त्यस्तै व्यवहार आफ्नो तर्फबाट बुल्गेरियालाई गर्नु परेको रूसी पक्षको भनाइ छ ।

बुल्गेरियाका प्रधानमन्त्री किरिल पेत्कोभले गत जुनमा रुसी ७० कूटनीतिज्ञहरुलाई आफ्नो देशबाट निकाला गर्ने निर्णय गरिएको बताएका थिए । ती रुसी कूटनीतिज्ञहरुले बुल्गेरियाको चासो र चाहना विपरितका गतिविधि गरेकाले निस्कासित गर्नु परेको उनको भनाइ थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू