बिहीबार, वैशाख १३, २०८१
21:46 | ०२:३१

१९७४ एडीले बेलायतमा लाइभ म्यूजिक गर्ने

नेपाली लिङ्क जुलाइ २७, २०२२

लन्डन । लाखौं नेपालीको ढुकढुकी बन्न सफल सांगीतिक समूह ‘१९७४ एडी’ ले बेलायतमा लाइभ कन्सर्ट गर्ने भएको छ । आउंदो अगष्ट १३ तारिख अल्डरसटस्थित रसमोर एरिनामा लाइभ कन्सर्ट गर्न लागिएको आयोजक देव्रे इभेन्टले जनाएको छ ।

‘१९७४ एडी लाइभ इन यूके’ नाम दिइएको उक्त कार्यक्रममा ‘प्राज्ना’ ब्याण्ड, डिजे काजी र सुशान्त केसी पनि हुनेछन् ।

झन्डै दुईवर्ष बढी समयपछि हुन लागेको लाइभ ब्याण्ड कार्यक्रममा उपस्थित हुन आयोजकले आग्रह गरेका छन् । कार्यक्रम सञ्चालन गौमाया गुरुङ र लेक्स लिम्बुले गर्दैछन् ।

सन् ९० को दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा लगातार प्रभुत्व जमाउंदै आएको ‘१९७४ एडी’ ले देश विदेशमा बस्ने नेपालीमाँझ निकै ख्याति कमाएको छ ।

कोरोना महामारीका कारण सुनसान रहेको बेलायतस्थित नेपाली समुदाय अहिले पुनः इभेन्टहरु हुन थालेपछि चलायमान हुन थालेको छ ।

यतिखेर बेलायतमा कार्यक्रम गर्न दर्जनौं नेपाली कलाकार आएका छन् भने एज व्याण्ड पनि बिहीबार लन्डन उत्रंदै छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू