बिहीबार, वैशाख २०, २०८१
05:09 | ०९:५४

त्रिपोली झडपमा १६ को मृत्यु

रासस/सिन्ह्वा जुलाइ २४, २०२२

तस्बिर-सिन्ह्वा

त्रिपोली, ८ साउन–बिहीबार राति त्रिपोलीका विभिन्न भागमा दुई प्रतिद्वन्द्वी सशस्त्र समूहबीच भएका भीषण झडपमा परी ज्यान गुमाउनेको सङ्ख्या १६ पुगेको छ । दोहोरो भिडन्तमा ५२ जना घाइते भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

घाइते सबैको सार्वजनिक र निजी अस्पतालमा उपचार भइरहेको छ । लिबियाका लागि संयुक्त राष्ट्रसंघीय मिशन (युएनएसएमआइएल) ले उक्त द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै सबै लिबियालीलाई संवेदनशील परिस्थितिमा देशको स्थायित्व जोगाउने हरसम्भव काम गर्न आह्वान गरेको छ ।

सन् २०११ मा कर्णेल गद्दाफीको शासन पतन भएपछि लिबियामा हिंसा बढिरहेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू