शुक्रबार, जेठ ४, २०८१
02:51 | ०७:३६

बेलायतलाई इस्टर आक्रमणको अनुसन्धानमा सघाउन श्रीलंकाको आग्रह

रासस/एएनआई जुलाइ १८, २०२२

कोलम्बो (श्रीलंका), २ साउन –‘इस्टर सन्डे’ आक्रमणबारे अनुसन्धानमा सघाउन श्रीलंकाले बेलायतको सहयोग मागेको छ ।

‘इस्टर सन्डे’ आक्रमणबारे थप अनुसन्धानका लागि श्रीलंकाका कार्यबाहक राष्ट्रपति रनिल विक्रेमेसिङ्घेले आफूले बेलायत सरकार र उनीहरूका गुप्तचर सेवाहरूको सहायताका लागि अनुरोध गरिरहेको सोमबार बताए ।

प्रधानमन्त्रीसमेत रहेका विक्रमासिङ्घेले ‘इस्टर सन्डे’ आक्रमणको अनुसन्धानका लागि बेलायतको सहयोग माग्नुले घटनाबारे यस पहिले सरकारले उचित अनुसन्धान नगरेको यस मुद्दाको पूर्ण समाधान भएको छैन भन्ने संकेत गरेको छ ।

‘इस्टर सन्डे’ आक्रमणबारे छानविनका लागि गरिएको अनुरोधबारे कार्यबहाक राष्ट्रपतिको कार्यालयलाई उद्धृत गरी डेली मिररले समाचार छापेको छ ।

क्रिश्चियन धर्मावलम्बीहरूको पर्ब ‘इस्टर सन्डे’ का दिन सन् २०१९ को अप्रिल २१ मा श्रीलंकाका तीनवटा चर्च र राजधानी कोलम्बोका तीन विलासी होटलहरूलाई एकपछि अर्को आतंकवादी आत्मघाती बम विस्फोटनको निशाना बनाइएको थियो ।

उक्त आक्रमणमा २५० भन्दा बढी मानिस मारिएका र थुप्रै घाइते भएका थिए । ‘नेशनल थोहीथ जामाथ’ नामधारी स्थानीय आतंककारी समूहले विनाशकारी उक्त आक्रमणहरूको लागि जिम्मेवार भएको दाबी गरेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू