शुक्रबार, जेठ ४, २०८१
07:11 | ११:५६

साउदी अरबसंग सम्बन्ध सुधार्न वाइडेन जेद्दामा

रासस/सिन्ह्वा जुलाइ १६, २०२२

रियाद, ३२ असार – अमेरिकी राष्ट्रपति जो वाइडेनले शुक्रबार साउदी अरबका नेताहरूसँग भेटवार्ता गरेका छन् ।

साउदी अरबको जेद्दा सहरमा उनीहरुबीच दुई पक्षीय हितबारे कुराकानी भएको साउदी प्रेस एजेन्सीले जनाएको छ ।

दुई दिने राजकीय भ्रमणका लागि साउदी अरब आएका अमेरिकी राष्ट्रपति वाइडेनलाई राजा सलमान बिन अब्दुलाजिज अल साउदले जेद्दास्थित अल सलाम दरबारमा स्वागत गरेका थिए ।

तस्बिर एएफपी

उक्त भेटवार्तामा साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान अल साउद पनि सहभागी थिए ।

बैठकका क्रममा राजा सलमान र राष्ट्रपति वाइडेनले दुई देशको सम्बन्धको समीक्षा गर्दै यसलाई थप बलियो, फराकिलो र राम्रो बनाउने बारेमा छलफल गरेका थिए ।

रियाद र वासिङ्टनको सहकार्य र सम्बन्ध बलियो बनाउने उपाय र आधारका बारेमा उनीहरूले विचार विमर्श गरेको जनाइएको छ ।

मध्य पूर्वको आफ्नो पहिलो भ्रमण बाइडेनले साउदी अरबबाट अन्त्य गर्न लागेका छन् । बुधबार सुरु भएको उनको भ्रमण शनिबार सकिने बताइएको छ ।

उनी यस अघि इजरायल र वेस्ट व्यंक गएका थिए । उनले साउदी अरबको भ्रमण अन्त्य गर्नु पूर्व गल्फ कर्पोरेसन काउन्सिलका सदस्य नेताहरूसँग सामूहिक छलफल गर्ने छन् । छलफलमा साउदी अरबसँगै इजिप्ट र इजरायलका नेता पनि सहभागी हुने जनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू