शुक्रबार, वैशाख १४, २०८१
09:58 | १४:४३

दोस्रो विश्वयुद्धपछि नेटोलाई सबैभन्दा ठूलो सुरक्षा चुनौती

रासस/एपी जुन २९, २०२२

अमेरिकी राष्ट्रपति बाइडेन (बांया) का साथ उत्तर एटलाण्टिक सन्धि संगठन (नेटो) महासचिव जेन्स स्टोल्टनवर्ग । तस्बिर- एपी

म्याड्रिड, १५ असार–उत्तर एटलाण्टिक सन्धि संगठन (नेटो) का महासचिव जेन्स स्टोल्टनवर्गले दोस्रो विश्वयुद्धपछि सबैभन्दा ठूलो सुरक्षा चुनौती नेटो गठबन्धनले सामना गर्नुपरेको बताएका छन् ।

आज यहाँ शुरू भएको नेटो नेताहरूको बैठकमा उनले युक्रेनमाथि रूसले गरेको आक्रमणबाट सुरक्षा चुनौती थपिएको बताउँदै उनले नेटो गठबन्धनबीच एकता अपरिहार्य भएकामा जोड दिए ।

रूसी आक्रमणले युरोपको शान्ति भंग गरेको बताउँदै उनले शीतयुद्धपछि नाटोले पूर्वी युरोपमा भारीमात्रामा सेना र हतियार परिचालन गर्नुपरेको उल्लेख गरे ।

ऊर्जा र अन्य आवश्यक स्रोत– साधनको लागत बढिरहेकाले नेटोका सहयोगीहरूले स्रोत व्यवस्थापनमा तनावका संकेत देखाएका छन् । यद्यपि उनीहरूले युक्रेनलाई अर्बौँको सैन्य सहायता उपलब्ध गराएका छन् ।

नेटोलाई सर्वाधिक सैन्यशक्ति प्रदान गर्ने देश अमेरिका हो । राष्ट्रपति जो बाइडेनले नाटो गठबन्धन विगतमा पनि एकजुट रहेको र भविष्यमा अझ सबल एवम् सुदृढ रहने बताए ।

नेटोमा स्रोत परिचालन एउटा संवेदनशील विषय बन्नसक्ने स्थिति छ । तीस सदस्यीय नेटोका नौ देशले प्रतिरक्षामा कुल गार्हस्थ्य उत्पादनको दुई प्रतिशत खर्च गर्ने संगठनको लक्ष्य पूरा गरेका छन् । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले नेटोका सदस्य मुलुकलाई आगामी दशकमा प्रतिरोध एवम् प्रतिरक्षाका निम्ति स्रोतको सुनिश्चित गर्न गम्भीर बन्नुपर्नेमा जोड दिएका छन् ।

नेटो नेताहरूले पूर्वी युरोपमा गठबन्धन सेनालाई रूसविरूद्ध बलियो एकता निर्माण गर्नु म्याडरिड शिखर सम्मेलनको प्रमुख प्राथमिकता भएको बताएका थिए । उनीहरूले युरोपको सुरक्षालाई सुदृढ एवम् सबल तुल्याउनुपर्नेमा जोड दिँदै रूस युरोपका लागिमात्र नभई समग्र नेटाका निम्ति पनि चुनौती भएको बताए । युक्रेनलाई थप सहायता उपलब्ध गराउनेबमा केन्द्रित रहेर सम्मेलनमा छलफल हुनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू