मंगलबार, चैत ६, २०८०
03:33 | ०९:१८

लन्डनमा नेपाली युवा एक महिनादेखि बेपत्ता, खोजी गर्दै बेलायती प्रहरी

नेपाली लिङ्क जुन २६, २०२२

लन्डन । बेलायतमा झन्डै एक महिनादेखि बेपत्ता एक नेपाली युवाको अवस्थाबारे चिन्ता व्यक्त हुन थालेको छ । लन्डनको हेजमा बस्दै आएका २४ वर्षीय रिदम पोखरेल गत मे २९ तारिखदेखि बेपत्ता छन्।

रिदम हराएको एक महिना हुन लाग्दासमेत उनको अवस्था अज्ञात रहँदा बेलायती प्रहरी भने उनको खोजीमा जुटिरहेको छ ।  

हिलिङडन प्रहरीले उनको खोजीमा सघाउन आग्रह गर्दै एक अपिल जारी गरेको छ। उनको बारेमा कुनै जानकारी भए रिफरेन्स 104/21June उल्लेख गरी  101 मा प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ ।

प्रहरीले रिदम पछिल्लो पटक गत मे २९ मा हेजमा देखिएको जनाएको छ। 

रिदमको खोजीमा सघाउने उद्धेश्यले बेलायतवासी नेपालीहरुले पनि सामाजिक सञ्जालमार्फत् अपिल शेयर गरिरहेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू