आइतबार, असार १९, २०७९
13:06 | १७:५१

एनआरएनएद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई १२ लाख बढीको सहयोग   

रासस जुन २२, २०२२

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले राष्ट्रिय आविष्कार केन्द्रलाई रु १२ लाख ८७ हजार ५८० आर्थिक सहयोग गरेको छ । सङ्घका कार्यकारी अध्यक्ष कूल आचार्यले आज राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा आविष्कार केन्द्रका संस्थापक पुनले अविष्कारका लागि एनआरएनले गरेको सहयोगप्रति आभार व्यक्त गरे । उनले नेपालमा ९२ देखि ९४ प्रतिशत सामान आयात हुँदा धेरै रकम विदेशमा जाने गरेको बताउँदै स्वदेशमा उत्पादन गर्नसके व्यापार घाटा कम हुने बताए ।

राष्ट्रिय आविष्कार केन्द्र कुनै एक क्षेत्रमा नभई प्रदेशस्तर र पालिकास्तरमा खोल्नुपर्ने उनको भनाइ थियो । गैरआवासीय नेपाली सङ्घले आविष्कार केन्द्र स्थापना गरी नयाँ प्रतिभावान व्यक्ति उत्पादन गर्नुपर्ने उनको भनाइ थियो ।

एनआरएनएका अध्यक्ष आचार्यले विदेशमा सिकेको ज्ञान, सीप र लगानी नेपालमा हस्तान्तरण गर्न राष्ट्रिय आविष्कार केन्द्र जस्ता संस्था उपयुक्त भएको बताए । एनआरएनएले पवित्र मन बोकेको राष्ट्रिय आविष्कार केन्द्रलाई हरदम सहयोग गर्न तयार रहेको उनको भनाइ थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू