शुक्रबार, वैशाख २१, २०८१
13:36 | १८:२१

प्रधानमन्त्री देउवासँग गैरआवासीय नेपाली संघका सवालमा छलफल

नेपाली लिङ्क जुन ११, २०२२

काठमाडौं- गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कूल आचार्य र अध्यक्ष डा. बद्री केसीसंग गएको एक प्रतिनिधि मन्डलले प्रधानमन्त्री शेरवहादुर देउवासंग भेटघाट गरेको छ । 

भेटघाटका क्रममा कार्यकारी अध्यक्ष आचार्य र अध्यक्ष केसीले गैरआवासीय नेपाली नागरिकता, गैरआवासीय नेपालीहरुको लगानी, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा, विदेशमा बस्ने नेपालीहरुको मताधिकारको विषयका साथै म्यानमार र थाईल्याण्डमा रहेका नेपालीहरुको पहिचानको समस्याबारे अवगत गराउँदै उनीहरुलाई गैरआवासीय नेपाली परिचय पत्र उपलब्ध गराउन अनुरोध गरेका छन् । 

यसरी नै अध्यक्षद्वले नेपाल सरकारले पेश गरेको नीति, कार्यक्रम तथा बजेटमा गैरआवासीय नेपाली संघले उठाउँदै आएका धेरैजसो विषयहरु संबोधन भएकोमा नेपाल  सरकार प्रति आभार प्रकट गरे ।

प्रधानमन्त्रीले प्रतिनिधिमंडलले उठाएका विषयहरुमा चासो लिदै त्यस विषयहरु प्रति नेपाल सरकार सकारात्मक रहेको जानकारी दिएका थिए ।

भेटघाट कार्यक्रममा उपाध्यक्ष नरेन्द्र भाट, उपाध्यक्ष दुर्गा आचार्य, महासचिव डा. केशव पौडेल, उपमहासचिव नारायण काफ्ले, मध्यपूर्वका क्षेत्रीय उपसंयोजक अमित राई, एनसीसी पोर्चुगलका प्रतिनिधि नरेन्द्र हमाल लगायत गैरआवासीय नेपालीहरुको सहभागिता थियो ।

यसैबीच, गैरआवासीय नेपाली संघले यही आउने १६ जुन २०२२ का दिन गैरआवासीय नेपाली नागरिकता, गैरआवासीय नेपालीहरुको लगानी, वैदेशिक रोजगार लगायत विषयमा एक दिने कार्यशाला प्रत्यक्ष तथा जुम प्रविधिमार्फत गर्ने भएको छ ।

प्रतिनिधिमन्डलले प्रधानमन्त्रीलाई कार्याशालामा प्रमुख आतिथ्यकालागि अनुरोध गरेकोमा देउवाले धन्यवाद व्यक्त गर्दै आफ्नो कार्यतालिका हेरेर उपस्थित हुने जानकारी समेत गराएका छन् ।

उक्त कार्यक्रममा सहभागिता जुटाउन संघ अहिले नेपाल सरकार सम्बन्धित मन्त्रालयहरु, राजनैतिकदल र सरोकारवालाहरुसंग भेटघाटको क्रममा छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू