शुक्रबार, वैशाख १४, २०८१
06:09 | १०:५४

प्रधानमन्त्री देउवासँग अमेरिकी उपविदेशमन्त्रीको शिष्टाचार भेट

रासस मे २२, २०२२

प्रधानमन्त्री शेरबहादुर देउवासँग आइतबार प्रधानमन्त्री निवासी बालुवाटारमा अमेरिकी नागरिक सुरक्षा लोकतन्त्र र मानव अधिकारसम्बन्धी अमेरिकी उपविदेशमन्त्री उज्रा जिया भेटघाट गर्दै । तस्वीर- रोशन सापकोटा, रासस

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका नागरिक सुरक्षा, लोकतन्त्र र मानवअधिकार उपविदेशमन्त्री उज्रा जिया नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा उनीहरुबीच नेपाल–अमेरिका सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाले अमेरिकी प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गरे । तिब्बत मामिलाका लागि अमेरिकी विशेष संयोजकसमेत रहेकी जिया तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रबार यहाँ आइपुगेकी हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू