बुधबार, वैशाख १२, २०८१
23:01 | ०३:४६

स्थापितलाई विस्थापित गर्दै बालेन १७ हजार मतले अगाडि

नेपाली लिङ्क मे २२, २०२२

काठमाडौं – काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन्द्र साहको सुरुवाती अग्रता निरन्तर कायम छ ।

साहले नेपाली कांग्रेसका तर्फबाट प्रमुखमै उम्मेदवार दिएकी सिर्जना सिंहलाई  १७ हजार भन्दा बढी मतले पछि पारेका छन् । निर्वाचन कार्यालयको पछिल्लो तथ्यांक अनुसार बालेन्द्र साहले ३९ हजार ५१५ मत प्राप्त गरेका छन् ।

यसअघि दोस्रो स्थानमा रहँदै आएका नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितलाई नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले उछिनेकी छन्  ।

सिंहले २२ हजार २७० मत प्राप्त गर्दा स्थापितले २१ हजार ७७५ सहित तेस्रो स्थानमा छन्  ।

उपप्रमुख पदमा एमालेका तर्फबाट सुनिता डंगोल ३८ हजार ३५१ मतले अग्रस्थानमा छिन् । काठमाडौंमा अब करिब ८० हजार मत गन्न बाँकी छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू