शनिबार, वैशाख २९, २०८१
03:48 | ०८:३३

यूकेमा सम्मानित भइन् लोक दोहोरी गायिका डल्लाकोटी

नेपाली लिङ्क मे २१, २०२२

लन्डन – पछिल्लो समय लोकदोहोरी क्षेत्रमा निकै लोकप्रिय बन्दै गएकी गायिका अस्मिता डल्लाकोटी बेलायतमा सम्मानित भएकी छन् । ‘छैटौँ टुबोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरी गीत प्रतियोगिता–२०७८’ विजेता डल्लाकोटीलाई धादिङ नुवाकोट समाज यूकेले लन्डनमा सम्मान गरेको हो ।

डल्लाकोटीलाई धादिङ नुवाकोट समाजका अध्यक्ष धन बहादुर पाख्रिनले खादा तथा प्रमाणपत्रसहित एक समारोहबीच सम्मान गरे । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा उनले ‘नगरकोट दोहोरी साँझ’ को प्रतिनिधित्व गर्दै राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरी गीत प्रतियोगिता जिते पछि एकाएक चर्चामा आएकी थिइन् ।

समकालीन लोकदोहोरीमा छुट्टै पहिचान सहित अत्याधिक रूचाईएकी डल्लाकोटी केही हप्ता देखि बेलायतका बिभिन्न संघसँस्थाले आयोजना गर्ने कार्यक्रममा व्यस्त छन् । नेपालमा समेत अत्यन्तै ब्यस्त र सबैको माग हुने कलाकारमा पर्छिन् डल्लाकोटी ।

सम्मान कार्यक्रममा गैरआवासीय नेपाली संघका उपमहासचिव रामशरण सिमखडा, सहकोषाध्यक्ष कृष्ण तिमल्सिना लगायत संस्थाका पूर्व अध्यक्षहरु रामबहादुर गुरूङ, बम ब्लदेन लगायत संस्थाका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको संस्थाका महासचिव बुद्धि बहादुर तामाङले जानकारी दिए ।

गायिका डल्लाकोटीको अर्को प्रस्तुति आगामी जुलाई ३० शनिबार समाजले गर्ने वार्षिक भेटघाट कार्यक्रममा हुने जनाउंदै अध्यक्ष पाख्रिनले सबैलाई सहभागी हुन आव्हान समेत गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू