बुधबार, वैशाख २६, २०८१
02:12 | ०६:५७

६० हजार मत गणना हुँदा रेनु तीन हजार बढी मतान्तरले अगाडि

रासस मे २१, २०२२

चितवन । भरतपुर महानगरपालिकाको ५९ हजार ७२५ मत गणना हुँदा प्रमुख पदमा गठबन्धनबाट उम्मेदवार बनेकी रेनु दाहालले तीन हजार २०५ मतले अग्रता लिएकी छन् ।

महानगरको वडा नम्बर १ देखि १२ सम्मको गणना सम्पन्न हुँदा दाहालले २२ हजार ५९८ मत प्राप्त गर्दा नेकपा (एमाले)का उम्मेदवार विजय सुबेदीले १९ हजार ३९३ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले आठ हजार ३७९ मत प्राप्त गरेको जनाइएको छ ।

महानगरको उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले राप्रपाकी हिमला गुरुङ्लाई नौ हजार ५५३ मत अन्तरले अग्रता कायम राखेका छन् । अधिकारीले २४ हजार ८५४ मत प्राप्त गर्दा हिमला गुरुङ्ले १५ हजार ३०१ मत प्राप्त गरेकी छन् ।

यस महानगरपालिकाको अहिलेसम्म गणना सम्पन्न भएका वडामा वडा नम्बर १, २, ४, ५, ६, ८, १० नेपाली कांग्रेस, ३, ११ र १२ एमाले, ७ र ९ नेकपा (एकीकृत समाजबादी) का उम्मेदवार अध्यक्षमा विजयी भएका छन् । यस पालिकामा एक लाख २७ हजार ८३९ मत खसेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू