शुक्रबार, चैत १६, २०८०
06:54 | १२:३९

पोखराको प्रमुखमा गठबन्धन र उपप्रमुखमा एमालेको अग्रता

रासस मे १९, २०२२

पोखरा । स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् ।

पोखरा महानगरको जारी मतगणनामा ५२ हजार ८१७ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले २१ हजार ८८० मत प्राप्त गरेका छन् ।

नेकपा (एमाले) का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले १९ हजार ३८८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदबार कोपिला रानाभाटको २२ हजार १२२ मत छ भने एमालेकी मञ्जुदेवी गुरुङले २२ हजार १३१ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू