शनिबार, वैशाख ८, २०८१
01:16 | ०६:०१

काठमाडौँ मेयरमा ११ हजार बढी मतले बालेनको अग्रता

नेपाली लिङ्क मे १९, २०२२

काठमाडौं । काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन्द्र साहले भारी मतकासाथ् अग्रता कायम गरेका छन्  ।

शाहले २३ हजार ५८४ मत प्राप्त गर्दा केशव स्थापितले १२ हजार ३८० मत प्राप्त गरेका छन् ।

शाहले नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) को तर्फबाट प्रमुखमै उम्मेदवारी दिएका स्थापितलाई ११ हजार २०४ पछि पार्दै आफ्नो अग्रता कायम राखेका हुन् ।

नेपाली कांग्रेसका तर्फबाट प्रमुखमै उम्मेदवार सिर्जना सिंहले ११ हजार ४९९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कार्यालय काठमाडौँले जानकारी दिएको छ ।

उपप्रमुख पदमा एमालेका तर्फबाट सुनिता डंगोल १९ हजार ९५६  मतले अग्रस्थानमा छिन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू