बिहीबार, वैशाख ६, २०८१
17:34 | २२:१९

विराटनगरमा पाँच हजार मतले कोइरालाको अग्रता   

नेपाली लिङ्क मे १९, २०२२

विराटनगर । विराटनगर महानगरपालिकामा गठबन्धन दलका प्रमुखको उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइराला पाच हजार मतले अगाडि छन् । उनले  बीस हजार ६३ मत प्राप्त गरेका छन्  ।

यसैगरी गठबन्धन दल जनता समाजवादी पार्टी, नेपालका तर्फबाट उपप्रमुखका उम्मेदवार अमरेन्द्र यादव प्रतिस्पर्धीसँग ६ हजार भन्दा बढी मतले पछाडि रहेका छन् ।

मुख्य निर्वाचन कार्यालयका अनुसार महानगर प्रमुखका उम्मेदवार कोइरालाले २० हजार ६३, नेकपा एमालेका सागर थापाले १५ हजार ४६, स्वतन्त्र उम्मेदवार उमेश यादवले छ हजार ३६९  र राप्रपाका प्रल्हादप्रसाद साहले तीन हजार ७८१ मत प्राप्त गरेका छन् ।

यसैगरी उपप्रमुखमा नेकपा (एमाले) को शिल्पा निराला कार्कीले १६ हजार ९९४, गठबन्धन दलतर्फका यादवले १० हजार २७, राप्रपाको विन्दाकुमारी लुइँटेल आचार्यले चार हजार ५९१ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपाने पोखरेलले तीन हजार ५८८ मत प्राप्त गरेकी छन् ।

यसैबीच विराटनगर महानगर वडा नं १५ को वडाध्यक्षमा नेपाली कांग्रेसका प्रकाश साह एक हजार ८९७ मत ल्याई निर्वाचित भएका छन् । महानगरमा अहिले वडा नं ३, ४, ५, ६, ८, ११, १२ र १४ को मतगणना भइरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू