मंगलबार, वैशाख ११, २०८१
07:14 | ११:५९

काठमाडौंमा बालेनको अग्रता कायमै

स्थापित र साहबीच ५०५८ मतको अन्तर

नेपाली लिङ्क मे १७, २०२२

काठमाडौं महानगरपालिकाको जारी मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता निरन्तर कायम छ ।

पछिल्लो मत परिणाम अनुसार उनले १०८९९ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका केशव स्थापितले ५८४१ मत पाएका छन् ।

स्थापित र साहबीचको मतान्तर ५०५८ देखिएको छ । यस्तै मेयरका अर्का उम्मेदवार सिर्जना सिंहले ५११४ मत पाएकी छन् ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले ७१४ मत प्राप्त गरेका छन् ।

उपमेयरमा नेकपा एमालेकी  सुनिता डंगोलले १,४७७ मत प्राप्त गरेर अग्रता कायम गरेकी छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू