शनिबार, वैशाख १५, २०८१
20:44 | ०१:२९

काठमाडौंमा ३,७७८ मतले बालेन अगाडि

नेपाली लिङ्क मे १६, २०२२

 

काठमाडौं-काठमाडौं महानगरपालिकाको मतगणना जारी रहँदा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै छ । काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ८०३७ मत प्राप्त गरेका छन् ।

यसैगरी एमालेका केशव स्थापितले ४२५९ मत प्राप्त गरेका छन्  । यस्तै नेपाली काँग्रेस उम्मेदवार सिर्जना सिंहले ३७०३  मत प्राप्त गरेकी छन् । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले ५२१ मत प्राप्त गरेका छन् ।

उपमेयरमा नेकपा एमालेकी  सुनिता डंगोलले ६३४६ मत प्राप्त गरेर अग्रता कायम गरेकी छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू