शनिबार, वैशाख ८, २०८१
11:19 | १६:०४

गोविन्द बल्लभ पन्त नेफ्सा अवार्ड शिल्पकार र हुमागाईलाई

नेपाली लिङ्क मे ५, २०२२

प्रत्येक वर्ष त्रिभुवन विश्वविधालय र पूर्वान्चल विश्वविधालयका बि.टेक. खाद्य प्रविधि अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई प्रदान गरिने गोविन्द बल्लभ पन्त नेफ्सा अवार्ड सन् २०२१ का लागि दिक्षा शिल्पकार र भावना हुमागाईलाई प्रदान गरिने भएको छ ।

गोविन्द बल्लभ पन्त नेफ्सा अवार्ड ट्रष्टका तर्फबाट अध्यक्ष हिक्मत थापाले सन २०२१ का लागि त्रिभुवन विश्वविधालयतर्फ विज्ञान तथा प्रविधि क्याम्पस, पोखराकी दिक्षा शिल्पकार र पूर्वान्चल विश्वविधालयतर्फ कलेज अफ एप्लाइड फुड एन्ड डेरी टेक्नोलोजी काठमाडौंकी भावना हुमागाईलाई प्रदान गरिने घोषणा गरेका हुन् ।

नेपाल खाध प्रविधि बिद्यार्थी संघ (नेफ्सा) का दोश्रो कार्यकालका अध्यक्ष पन्तको स्मृतिमा स्थापित उक्त पुरस्कार नेपालभरकै खाध प्रविधि अध्ययन गराइने स्नातक तहका उत्कृष्ट विद्यार्थीमध्ये दुई जनालाई प्रत्येक वर्ष प्रदान गरिने गरेको कोषका उपाध्यक्ष हरिहर गुरागाईले बताए ।

बि. स. २०६९ बाट शुरु गरिएको पुरस्कारको यो नवौ श्रृङखला हो । कोरोना प्रकोपका कारण पुरस्कार घोषणा गरेर पनि वितरण गर्न नसकिएको सन २०१९ को पुरस्कारका विजेताहरुलाई पनि यो वर्षको पुरस्कारसंगै यसै वर्ष एक विशेष कार्यक्रमबीच पुरस्कार हस्तान्तरण गरिनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू