बिहीबार, वैशाख १३, २०८१
23:18 | ०४:०३

फोनिज महाधिवेशन चैत ६ र ७ गते चितवनमा   

रासस मार्च १८, २०२२

चितवन । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को सातौं राष्ट्रिय महाधिवेशन पर्यटकीय नगरी सौराहामा हुने भएको छ ।

महाधिवेशन यही चैत ६ र ७ गते हुने तय भएको छ । फोनिजका महासचिव मनोज घर्ती मगरका अनुसार महाधिवेशनमा देशभरका ६० जिल्लाबाट ४८८ पत्रकार सहभागी हुनेछन् ।

यस्तै बेलायत, अमेरिका, जापान, दक्षिण कोरिया, मलेसियालगायत देशमा रहेका आठ विदेश शाखा, आठ संस्थागत सदस्य संस्था तथा सात प्रदेश समितिका पदाधिकारी सहभागी हुने उनले जानकारी दिए ।

सौराहाको थारु सांस्कृतिक घरमा हुने महाधिवेशनले तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू