शुक्रबार, वैशाख १४, २०८१
15:56 | २०:४१

अमेरिकापछि नेपालमा छायाङकन हुँदै ‘भाग्य’

नेपाली लिङ्क मार्च ६, २०२२


काठमाडौं । किशोर बस्याल निर्माता र सन्ध्या बस्याल प्रस्तुतकर्ता रहेको नेपाली कथानक चलचित्र “भाग्य” को दोश्रो चरणको छायाङकन काठमाडौँ, गोरखा, पलान्चोकभगवती आदि स्थानमा भइरहेको छ ।  

पहिलो चरणको शुटिङ लस एन्जलसमा भएको थियो भने तेश्रो चरणको न्यूयोर्क र बोस्टनमा भएपछि सुटिङ समाप्त हुने निर्माताले जनाएका छन् ।  

पत्रकार नवीन रायमाझीको आफ्नै बास्तबिक घटनामा आधारित यो सिनेमाको पटकथा र सम्बाद पनि रायमाझीले नै लेखेका हुन् । अमेरिकाको न्यूयोर्क फिल्म एकेडेमीबाट प्रशिक्षित अर्चना प्रधान र बिश्वास केसीले संयुक्त रुपमा निर्देशन गरिरहेको यो सिनेमा अमेरिकामा क्रिस्टोफर रिभी र जर्ज ए मिक्की तथा नेपालमा डम्बर बिकले खिच्नेछन् ।

कुनै गीत नरहने उक्त सिनेमामा नबराज केसीको पार्श्व सङ्गीत छ । सम्भव भए फिल्म नेपाल र अमेरिकाका सिनेमाघर लगायत युट्युबमा रिलिज गरिने छ ।

‘भाग्य’ को सह-निर्मातामा क्षितिज बस्याल, प्राप्ति बस्याल र नवीन रायमाझी छन् । प्रवासी नेपालीहरुले निर्माण गर्न लागेको उक्त फिल्मले नेपाल र अमेरिकास्थित नेपालीको वास्तविक जीवन, भोगाइ एवं दुःख-सुःख उजागर गर्ने आशा गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू