शुक्रबार, वैशाख १४, २०८१
16:27 | २१:१२

युएईसँग भिड्दै नेपाल, जिते टी-२० विश्वकप खेल्ने अवसर

नेपाली लिङ्क फ्रेब्रवरी २२, २०२२

काठमाडौँ । ओमानमा जारी आईसीसी टी-२० विश्वकप ग्लोवल क्वालिफायरको सेमिफाइनलमा आज नेपाल युनाइटेड अरब इमिरेट्स (यूएई) सँग भिड्दैछ ।

नेपाली समयअनुसार अपरान्ह पौने ४ बजे शुरु हुने खेलमा युएईलाई हराउन सके नेपाल यही वर्ष अष्ट्रेलियामा आयोजना हुने टी- ट्वान्टी विश्वकप खेल्न पाउनेछ । यसअघि सन्  २०१४ मा बंगलादेशमा सम्पन्न टी- ट्वान्टी विश्वकप नै नेपालले खेलेको पहिलो र अन्तिम विश्वकप हो ।  

पछिल्लो खेलमा क्यानडालाई ८ विकेटले पराजित गरेको नेपाल समूह ‘बी’ को विजेता हुँदै सेमिफाइनल प्रवेश गरेको थियो । यूएई भने समूह ‘ए’ को उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरेको हो ।

मंगलबार नै हुने अर्को सेमिफाइनल ओमान र आयरल्याण्डबीच हुनेछ । आयरल्याण्ड समूह ‘ए’ को विजेता हो भने ओमान समूह ‘बी’ को उपविजेता हो ।

दुवै सेमिफाइनल खेलका विजेता आगामी टी-ट्वान्टी विश्वकपलाई छनोट हुनेछन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू