बिहीबार, वैशाख १३, २०८१
02:57 | ०७:४२

मञ्जु भण्डारीलाई लक्ष्मण कला- साहित्य प्रज्ञा पुरस्कार

नेपाली लिङ्क फ्रेब्रवरी २१, २०२२

लन्डन । बेलायतमा रहेर नेपाली साहित्य सिर्जनामा सक्रिय स्रष्टा मञ्जु भण्डारी पुरस्कृत भएकी छन् । लेखक संघ दाङले लक्ष्मण कला- साहित्य प्रज्ञा पुरस्कारबाट भण्डारीलाई सम्मानित गरेको हो ।

लामो समयदेखि विदेशमा रहेर पनि नेपाली काव्य विधामा पुर्‍याएको विशेष योगदानको कदरस्वरूप कवयित्री तथा निबन्धकार भण्डारीलाई पुरस्कार प्रदान गरिएको हो ।  

डा. कृष्णराज डी. सी द्वारा स्थापित यो पुरस्कार वर्षेनी वितरण गरिंदै आएको छ । फागुन ७ गते २७ औं साधारणसभा तथा १४ औं अधिवेशनका अवसरमा संघले विभिन्न स्रष्टाहरूसंगै भण्डारीलाई पुरस्कृत गरेको हो ।  

बेलायतको नेपाली  डायस्पोरामा नेपाली भाषा, साहित्य, संस्कृति र कलालाई जिवन्त राख्न र यस्को पहिचानलाई बचाउने उद्धेश्यसहित भण्डारीले विगत ८ वर्ष देखि बेलायतको नयाँ पुस्तालाई नेपाली भाषा सिकाउंदै आएकी छन् । उनले आफ्नो बाल निबन्ध संग्रह`प्रतिबिम्बन´ मार्फत् समेत बालबालिकालाई नेपाली भाषातर्फ आकर्षित गरेकी छन् ।  

नयाँ पुस्तामा नेपाली भाषा, साहित्य र संस्कृति हस्तान्तरण गर्न लागिपरेकी भण्डारी बेलायतका विभिन्न सांस्कृतिक समारोहमा कुशल उद्घोषिकाको रुपमा पनि परिचित छन्।

गुल्मीमा जन्मेर काठमाडौं  किर्तिपुरमा हुर्केकी र उच्च शिक्षाका लागि दुई दशकअघि बेलायत आएकी भण्डारी हाल शिक्षिका छन् । 

बेलायतका विभिन्न साहित्यिक र अन्य समाजसेवी संघसंस्थाहरुमा आवद्ध रहेर सामाजिक कार्यहरुमा पनि उनी उत्तिकै सक्रिय रहंदै आएकी छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू