आइतबार, जेठ ६, २०८१
23:09 | ०३:५४

रेखा थापाले गरिन् जाजरकोटका पर्यटन व्यवसायीसँग कोर्ट म्यारिज्

नेपाली लिङ्क फ्रेब्रवरी १४, २०२२

काठमाडौँ । लोकप्रिय नेपाली अभिनेत्री रेखा थापाले दोस्रो विवाह गरेकी छन् । 

जाजरकोट घर भएका पर्यटन व्यवसायी बलराम शाहीसँग उनले ‘कोर्ट म्यारिज्’ गरेकी हुन्।

थापा र शाहीले गत माघ १९ मा काठमाडौं जिल्ला अदालतमा कोर्ट म्यारिज गरेको बुझिएको छ । तर अहिलेसम्म रेखा आफैले विहेबारे सार्वजनिक गरेकी छैनन् ।

केही वर्षको प्रेम सम्बन्धपछि रेखाले शाहीसँग विवाह गरेको जनाइएको छ । फिल्म निर्माता छविराज ओझासँग सम्बन्ध विच्छेद गरेपछि ९ वर्षयता उनी ‘सिंगल’ थिइन् ।

यसअघि रेखाले आउंदो बैशाखमा आफ्नो बिहे हुने बताउँदै आएकी थिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू