आइतबार, जेठ ६, २०८१
21:20 | ०२:०५

निर्देशकका रुपमा उदाए पूर्व काउन्सिलर गुरुङ

नेपाली लिङ्क फ्रेब्रवरी १२, २०२२

लन्डन । बेलायतमा नेपालीमुलका पहिलो काउन्सिलर धन किरण गुरुङ अचेल सांगीतिक साधनामा बढी सक्रिय भएका छन् ।

ब्रिटिश आर्मी जागिरे छंदा विराम लागेको उनको सांगीतिक यात्राले अहिले गति लिइरहेको छ ।

निरन्तर गीत र म्यूजिक भिडियो बजारमा ल्याइरहेका गुरुङले यसपटक नेपाल गएर पनि त्यसलाई निरन्तरता दिए ।

गुरुङको पहिलो निर्देशनमा ‘यसरी घुरेर’ नामक म्यूजिक भिडियो गत ४ फेब्रुअरीमा सार्वजनिक भएको छ ।

सो गीतमा स्वर, शब्द, संगीत र भिडियो निर्देशन गायक धन किरण आफैंले गरेका हुन् ।

पहिलोपटक अंग्रेजी सबटाइटिलमा म्यूजिक भिडियो बजारमा आएको गुरुङको भनाइ छ ।

डिजी प्रोडक्सन यूकेको ब्यानरमा निर्माण भएको उक्त भिडियो काठमाडौंस्थित हुकुम दरबार प्रेक्षालयमा विमोचन गरिएको थियो ।

उक्त विमोचन कार्यक्रम बेलायती पूर्व गोर्खा सैनिक तथा लोकप्रिय चलचित्र निर्देशक मिलन चाम्स्को प्रमुख आतिथ्यमा भएको हो ।

समारोहमा वरिष्ठ हांस्यकलाकार मनोज गजुरेल, टेलिभिजनकर्मी नरेश भट्टराई, मेची नगरकी फष्ट लेडी गीता आचार्य, बिएफबिएस गोर्खा रेडियोका प्रवन्धक विनोदध्वज खड्का, जिएमएफ नेपाल प्रतिनिधि हरि दाहाल लगायत अन्य कयौं कलाकार र सर्जकहरुको सहभागिता थियो ।

भिडियोमा चर्चित कलाकार बुद्धी तामाङले विशेष भूमिका निभाएका छन् भने मोडलमा रिया श्रेष्ठ, काशी घले र कुसुम घोतानेको प्रस्तुति छ ।

सिनेमाटोग्राफीमा दिनेश पराजुली, सम्पादन र कलर अमृत चापागाईंले गरेका छन् । सब टाइटिलमा किशोर गुरुङ, कोरियोग्राफी मिलन विश्वकर्मा, मेकअपमा शर्मिला सुनुवार, सहायक निर्देशन गौरव दर्पण छन् । निर्मात्री अल्का गुरुङ छन् ।

यसपटक नेपाल गएका बेला बेलायतको फोक्सटन नगरपालिकाका पूर्वकाउन्सिलर गुरुङले मेचीनगर नगरपालिकामा रहेका सबै सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिदिने घोषणा गरेका थिए ।

मेचीनगरको वडा नं १० काँकडभिट्टा निवासी उनी ब्रिटीश गोर्खा सेनाबाट निवृत्त भई हाल बेलायतमा बसोबास गर्छन् ।

उनी बेलायतमा गठन गरिएको गोर्खा मेमोरियल फन्डको अध्यक्ष हुन् ।

म्यूजिक भिडियोः

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू