आइतबार, माघ २७, २०८१
22:33 | ०४:१८

बेलायती प्रधानमन्त्री र युक्रेनी राष्ट्रपतिबीच भेटवार्ता  

रासस-सिन्हवा फ्रेब्रवरी २, २०२२

तस्बिर- एएफपी

किभ-युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्की र बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनबीच मंगलबार भेटवार्ता भएको छ । उनीहरुबीच मंगलबार युक्रेनको राजधानी किभमा भेटवार्ता भएको हो ।

उनीहरुबीच पछिल्लो समयमा युक्रेनको सीमा क्षेत्रमा रुसले तैनाथ गरेको सैन्य समूहका विषयमा कुराकानी भएको थियो ।

साथै युक्रेनको पछिल्लो सुरक्षा अवस्थाका बारेमा पनि कुराकानी भएको युक्रेनी राष्ट्रपति जेलिन्स्किीको सचिवालयले जानकारी दिएको छ ।

सो भेटवार्तापछि दुई नेताहरुद्धारा जारी गरिएको संयुक्त प्रेस वक्तव्यमा रुसले युक्रेनमाथि आक्रमण गर्ने सूचना प्राप्त भएकाले यदि त्यसो भयो भने रुसका लागि त्यो कार्य महंगो पर्न जाने उल्लेख गरिएको छ ।

रुसले युक्रेनी सीमा क्षेत्रमा आक्रमण गर्ने सूचना प्राप्त भएको कुरा अमेरिकाले बताउँदै आएको छ । यसैकारणले बेलायत र अमेरिकाले आफ्ना दूतावासका कर्मचारीलाई फिर्ता बोलाएका छन् । तर, सो कार्यको रुसले भने खण्डन गर्दै आएको छ । रुसले युक्रेनमा आक्रमण गर्ने कुनै योजना नरहेको बताएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू