शनिबार, वैशाख ८, २०८१
09:48 | १४:३३

बेलायतका लागि प्रस्तावित नेपाली राजदूतको एग्रिमो स्वीकृत

नेपाली लिङ्क जनवरी २५, २०२२

लण्डन । बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यको सहमति पत्र (एग्रिमो) स्वीकृत भएको छ ।

प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि परराष्ट्र मन्त्रालयले सम्बन्धित मुलुकहरुमा एग्रिमोका लागि पत्राचार गरेको थियो ।

लण्डनस्थित नेपाली दूतावास स्रोतले बेलायतका लागि राजदूत सिफारिस आचार्यको ‘एग्रिमो’ गइसकेको पुष्टि गरेको छ । उनी बेलायत आउने मिति भने राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूत नियुक्त गरेपछि टुंगो लाग्ने छ ।

यसअघि केपी ओली सरकारबाट बेलायतको राजदूत नियुक्त लोकदर्शन रेग्मीलाई शेरबहादुर देउवा सरकारले फिर्ता बोलाएको थियो । गत मार्च १ मा आफ्नो कार्यकाल सम्हालेका रेग्मी ८ महिना नपुग्दै अक्टोबर २४ मा नेपाल फर्किएका हुन् ।

लन्डन आउनुअघि राजदूत ज्ञानचन्द्र आचार्यले प्रशिक्षण लिएका छन् । सम्बन्धित मुलुकबाट एग्रिमो आउनुअघि नै आचार्यले अन्तरक्रिया कार्यक्रममा भाग लिएका हुन् । 

कार्यक्रममा प्रस्तावित राजदूत आचार्य, भारतका लागि प्रस्तावित राजदूत शंकर शर्मा र अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीले कार्यक्रममा भाग लिए । साधारणतया राजदूतमा नियुक्त भएपछि मात्र उक्त कार्यक्रममा सहभागी गराइने चलन थियो ।

राजदूत भएर सम्बन्धित मुलुकमा के–के काम, कसरी गर्नेदेखि विदेशीसँग कसरी खाना खाने जस्ता विषयमा समेत राजदूतलाई विज्ञहरुले जानकारी दिने गर्दछन् ।

पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीले भने आफू बेलायतका लागि राजदूतमा सिफारिस भएपछि उक्त अन्तरक्रियामा भाग लिन अस्वीकार गरेपछि आलोचना भएको थियो । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू