शनिबार, वैशाख ८, २०८१
03:54 | ०८:३९

सहकारी अभियन्ता बडाललाई कमलमणि स्मृति साझा पुरस्कार

नेपाली लिङ्क जनवरी ७, २०२२

ललितपुर–यसवर्षको कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार सहकारी अभियन्ता केशव बडाललाई प्रदान गरिएको छ । सो पुरस्कारको राशि सम्मानपत्र सहित रु ५० हजार छ ।

सो सहकारी संस्था लिमिटेडको ३७औँ साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ तथा राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्राकुमारी सुब्बाले संयुक्त रुपमा उनलाई सो पुरस्कार प्रदान गरे ।
सो अवसरमा मन्त्री श्रेष्ठले सहकारीमा भएका नीतिगत, व्यावहारिक तथा कानूनी समस्यालाई फुकाउन आफूले लागिपर्ने बताइन् । सहकारी संस्थाका अध्यक्ष शंकरप्रसाद पाण्डेले पुरस्कृत व्यक्तित्व सहकारीका कुशल प्रशिक्षक रहेको बताए ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू