बिहीबार, वैशाख १३, २०८१
18:24 | २३:०९

देशभक्तिपूर्ण चलचित्र ‘कांडेतार’ मा रोमियन

नेपाली लिङ्क डिसेम्बर २६, २०२१

लन्डन । बेलायत बसेर पनि नेपाली चलचित्र विकासमा समर्पित कलाकार, निर्मात्री एवं नेपाल चलचित्र कलाकार संघकी अध्यक्ष रोमियन लिम्बु ‘कांडेतार’ फिल्ममा अभिनय गरेर फर्किएकी छन् ।

रोमियन महिना दिन नेपाल बसेर नेपाल र भारतको सीमा व्यवस्थापन 
गर्नुपर्ने कथावस्तुसहितको देशभक्तिपूर्ण उक्त फिल्ममा छायांकन सकी हालै बेलायत फर्किएकी छन् । फिल्ममा आफू निर्देशक नवल खड्काको श्रीमतिको भूमिकामा रहेको रोमियनले बताइन् । ‘मेरो भूमिका लामो नभएपनि प्रमुख पात्र नवल खड्काको श्रीमतिको रोलले म सन्तुष्ट छु’, उनले नेपाली लिंकसंग भनिन् ।

नवल खड्का र रामशरण कोइरालाले संयुक्तरुपमा निर्देशन गरेको उक्त फिल्मको छायांकन सम्पन्न भएको छ ।

सीमानामा कांडेतार राख्दा दुई मुलुकबीचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन्, असल छिमेकीसंगको सद्भाव पनि कायम राख्छ भन्ने कथासार रहेको निर्देशक खड्काले बताए ।

विगतमा सीमा समस्यामा आधारित फिल्म ‘दशगजा’ निर्माण गरेका निर्देशक खड्काले देशभक्तिपूर्ण चलचित्र बनाउंदा विभिन्न व्यवधान आएपनि आफू त्यो चुनौति सामना गर्न तयार रहेको बताउंछन् ।

करिब ३ करोडको लगानीमा निर्माण भएको ‘काँडेतार’ मा नवल खडका, गौरव पहाडी, रेविका गुरूङ्ग, प्रशान्त यादव, सुरबिना कार्की, मुरलीधर, सञ्जय खतिवडा, रोमियन लिम्बु, प्रेम सुब्बा, पर्शुराम चौधरी, पुष्प श्रेष्ठ, महेश गिरी, रवि शाह, केशव रायमाझी, राजेन्द्र भगत, पन्नालाल चौधरी, अन्जु केसी, खेम नेपाली, देवेन्द्र कोइराला, राम विश्वास थारू, मातृका घिमिरे, रितु चौधरी, रामेश्वर बुर्लाकोटी, प्रतिक श्रेष्ठ, प्रेम कार्की, छवि बैरागी घिमिरेसहित बाल कलाकारमा नादिया खड्का र सोनिया खड्का छन् ।

सामना फिल्म्स् प्रालिको ब्यानरमा निर्माण भएको उक्त फिल्म नेपाली नयां वर्षमा रिलिज गर्ने र फिल्मलाई देश विदेशमा समेत प्रदर्शन गर्ने योजना निर्माण पक्षको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू