शुक्रबार, वैशाख १४, २०८१
07:05 | ११:५०

नेपालमा पनि भेटिए ‘ओमिक्रोन’ का संक्रमित

रासस डिसेम्बर ६, २०२१

काठमाडौँ–नेपालमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फेला परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यमन्त्री विरोध खतिवडाको उपस्थितिमा आज यहाँ पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

विदेशी र उनको सम्पर्कमा आएका एक नेपालीमा ओमिक्रोन भेरियन्ट भएको पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलका अनुसार उनीहरुसँग नेपाल आएका ६६ जनाको परीक्षण गर्दा उनीहरुमा भने सङ्क्रमण देखिएको छैन ।

स्वास्थ्य सचिव डा पोखरेलले ओमिक्रोन भाइरस देखिएकाले भिडभाड नगर्न र स्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरे । यसअघि भारतमा पनि ओमिक्रोन भेरियन्ट देखिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू