शुक्रबार, माघ २५, २०८१
उदाउँदो सूर्यलाई अर्घ दिँदै सकियो छठ


रासस
नोभेम्बर ११, २०२१
काठमाडौं । प्रकृतिको पूजाअराधाना तथा एकता र सद्भावको सन्देश दिने छठ पर्व आज उदाउँदो सूर्यलाई व्रतालुले अर्घ अर्पण गरेपछि सम्पन्न भएको छ ।
चार दिन अघि नहाय खायबाट सुरु भएको छठ व्रतालुले उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेपछि सम्पन्न भएको हो ।
कात्तिक शुक्लपञ्चमीका दिन रसियाव रोटी खाएर व्रतालुले सुरु गरेको ३६ घण्टे निर्जला व्रत उदाउँदो सूर्यलाई अर्घ अर्पणसँगै समापन भएको हो ।
वीरगञ्जको घडिअर्वा पोखरी, नगवा पोखरी, मुर्ली पोखरी, रानीघाट, छपकैया, इनर्वा, रामगढवा नगवा पोखरी, माइधिया पोखरीलगायतका स्थानमा बनाइएका छठघाटमा व्रतालुले बिहान सूर्यलाई अर्घ अर्पण गरेका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५