सोमबार, जेठ ७, २०८१
02:50 | ०७:३५

अष्ट्रेलियामा प्रतिबन्ध सहज बन्दै

रासस/एएनआई/सिन्ह्वा अक्टोबर ३०, २०२१

क्यानबेरा अष्ट्रेलिया, कार्तिक १२–अष्ट्रेलियाको क्यानबेरामा कोरोनाभाइरस नियन्त्रणका निम्ति लगाइएको प्रतिबन्ध क्रमशः सहज बनाइदैछ । अष्ट्रेलियाको राजधानी क्षेत्रका बासिन्दाहरूले शुक्रबारदेखि घर बाहिर जादा मास्क लगाउन अनिवार्य हुनेछैन्।

अगष्ट शुरुदेखि पहिलोपटक क्यानबेराका कला मनोरञ्जन स्थलहरू लगायत सिनेमाघर र नाट्यशालाहरूमा सिट क्षमताको ७५ प्रतिशतसम्म मात्र व्यवस्थापन गरेर पुनः खोलिएका छन्।

आतिथ्य स्थलहरूका लागि संरक्षक क्यापहरूभित्र अधिकतम २५ व्यक्तिहरू सम्म बस्न मिल्ने बनाइएको छ। त्यसैगरी घरपरिवारमा १० जना पाहुना आवतजावतलाई अनुमति दिइएको छ ।

त्यसैगरी ३० जनासम्म मानिसहरू घर बाहिर भेला हुन सक्नेछन् । व्यायामशाला र अन्य क्लबहरू सञ्चालनका निम्ति अनुमति प्रदान गरिएको छ ।

संघीय स्वास्थ्य मन्त्री ग्रेग हन्टले ५० वर्षभन्दा माथिका ८५.२ प्रतिशत र ७० वर्षभन्दा माथिका करिब ९० प्रतिशतलाई कोरोना भाइरसविरुद्ध पूर्ण खोप लगाइएको जानकारी दिएका छन् ।

उनले घरमा निको हुने कोभिड–१९ बिरामीहरूलाई सहयोग गर्न प्राथमिक हेरचाह नेटवर्कका लागि १८ करोड अष्ट्रेलियाली डलर (१३५.४ मिलियन अमेरिकी डलर) कोषको घोषणा गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू