शुक्रबार, चैत १६, २०८०
07:10 | १२:५५

‘पहिचान पुरस्कार २०२१’ का लागि पाँच पुस्तक छनोट

नेपाली लिङ्क अक्टोबर २४, २०२१

लन्डन । ‘पहिचान पुरस्कार २०२१’ लागि ५ पुस्तक छनोट भएका छन् । पहिचान पुरस्कार कोषद्वारा हरेक वर्ष प्रदान गरिंदै आएको पुरस्कार यस वर्ष यीनै पाँचमध्ये एकलाई प्रदान गरिनेछ ।  

कोषको शनिबार सम्पन्न बैठकले ती पुस्तकहरु छनोटको निर्णय गरेको हो । पुरस्कारका संस्थापक एवम् बेलायतस्थित लेखक नरेश काङमाङ राईका अनुसार वि.स.२०७७ साउनदेखि २०७८ साउन सम्म प्रकाशित भइ कोषमा प्राप्त भएका पुस्तकहरुबाट उत्कृष्ट पुस्तकहरु छनोट गरिएको हो । 

पहिचान पुरस्कार २०२१ मा लागि छनोट हुनेमा श्याम शाहको ‘पथेर’, अनन्त वाग्लेको ‘कदम’, प्रकाश आङदेम्बेको ‘म एउटा बिहान हिँडिरहेछु’, बिना थिङको ‘याम्बुनेर’ र केदार संकेतको ‘अफगानी रणमैदान’ छन् । 

यसअघिका विभिन्न ४ कृति राजन मुकारुङको ‘फेरिदो सौन्दर्य’, अर्जुन खालिङको ‘गोयङको सुगन्ध’ र यज्ञशको ‘भुइया’ र  उन्मुक्त पुस्ताको ‘आफर’, सरस्वती प्रतिक्षाको ‘नथिया’ ले पहिचान पुरस्कार पाइसकेका छन् भने पहिचान सम्मानबाट लेखक खगेन्द्र संग्रौलालाई सम्मानित गरिसकिएको छ । 

यस वर्षको पहिचान पुरस्कार विजेताको घोषणा आगामी डिसेम्बरमा गरिनेछ ।

पहिचानको मुद्धालाई प्रवर्द्धन गर्ने पुस्तकहरुलाई हौसला प्रदान गर्ने उद्धेश्यले पहिचान पुरस्कार स्थापना गरिएको संस्थापक नरेश काङमाङ बताउंछन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू