शुक्रबार, वैशाख ७, २०८१
02:46 | ०७:३१

बेमौसमको वर्षाः अहिलेसम्म ८८ को मृत्यु, ३० बेपत्ता

रासस अक्टोबर २१, २०२१

लगातारको बर्षासँगै आएको बाढीमा परेर पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ स्थित जनता चौकमा दुर्घटना भएको बस । तस्वीर- अजितकुमार झा, रासस

काठमाडौं । बेमौसमी वर्षा पछि आएको बाढीपहिरो र डुबानबाट आज बिहानसम्म मुलुकका विभिन्न जिल्लामा ८८ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ ।

मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार कूल ३० जना बेपत्ता भएका छन् । अधिकांशको पहिराका कारण ज्यान गएको हो । आजमात्रै ११ जनाको मृत्यु पुष्टि भएको छ । यसअघि बुधबार ६३ र मंगलबार १४ को मृत्यु पुष्टि भएको थियो । विपद्मा परेर पाँचथरमा मात्रै सबैभन्दा बढी २७ जनाको मृत्यु भएको छ । इलाम र डोटीमा १३-१३ जनाको मृत्यु भएको छ ।

यस्तै कालीकोट, बैतडी, डडेलधुरा, बझाङ, हुम्ला, सोलुखुम्बु, प्युठान, धनकुटा, मोरङ, सुनसरी, उदयपुरलगायत १५ जिल्लामा मानवीय क्षति भएको महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिनुभयो । विपद्बाट २० जिल्ला प्रभावित भएको छ ।

बझाङमा सबैभन्दा बढी २१ जना हराइरहेका छन् । पाँचथरमा चारसहित विभिन्न जिल्लामा गरेर ३० बेपत्ता रहेको गृहमन्त्रालयले जनाएको छ । आजबाट भने मौसममा सुधार आएको छ ।

अविरल वर्षाका कारणले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका– ५ मा डुबानमा परेको प्लाई उद्योग । तस्वीर-, रासस

लगातार दुई-तीन दिनदेखि परेको अत्यधिक बर्षाका कारण सुन्दरी खोलामा आएको बाढीले सप्तरीको तिरुहत गाउँपालिका र कञ्चनरुप नगरपालिकाको बीचमा रहेको खेतमा बाढीले क्षति गरेको धानबाली बचाउनको लागि पानीबाट धानबाली छान्दै किसान । तस्वीर- अरुणकुमार यादव, रासस

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू