बुधबार, मंसिर २२, २०७८
05:43 | ११:२८

नाइजेरियामा सेनाको कारबाहीमा साढे २ सय बन्दुकधारी मारिए

रासस-सिन्ह्वा अक्टोबर १५, २०२१

नाइजेरिया । नाइजेरियामा सेनाको कारबाहीमा  पछिल्लो  एक महिनामै करिब साढे  दुई सय हतियारधारी मारिएका छन् ।

सेनाले सेप्टेम्बर महिनायता कम्तीमा पनि २५० जना बन्दुकधारीहरु आफ्नो कारबाहीमा परी मारिएका जनाएको छ ।

नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा ती हतियारधारीहरु मारिएका जनाइएको छ । अबुजामा बिहीबार गराइएको पत्रकार सम्मेलनमा सेनाले अरु ६ सय  जना भन्दा बढीलाई पक्राउ गरिएको जनायो । उनीहरुलाई देशका विभिन्न कारागारमा राखिएको पनि बताइएको छ । 

यस कारबाहीलाई यहाँको सेनाले एक सफल सैन्य कारबाही भनेको छ । नाइजेरियाको उत्तरपूर्वी विभिन्न स्थानमा अज्ञात हतियारधारीहरुले नागरिकको हत्या गर्ने गर्दछन् ।

सेनाले महिना दिन यता गरेको कारबाहीमा ती बन्दुकधारीहरुबाट ठूलो संख्यामा हतियार पनि बरामद गरिएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू