आइतबार, ८ फ्रेब्रवरी, २०२६
09:54 | १५:३९

तमुधिं यूके आमा समूहबाट अनाथ बालबालिका र वृद्धवृद्धालाई दशैं खर्च सहयोग

नेपाली लिङ्क अक्टोबर १३, २०२१

काठमाडौं । तमुधिं यूके आमा समूहले अनाथाश्रममा रहेका बालबालिका र वृद्धवृद्धालाई दशैं मनाउन आवश्यक खर्चका लागि आर्थिक सहयोग गरेको छ ।  

काठमाडौंस्थित पवित्र समाजसेवा नेपालमा आश्रित बालबालिका र वृद्धवृद्धाको दशैंका लागि एक लाख ३५ हजार रुपैयाँ सहयोग गरिएको हो ।

तमुधिँ यूकेद्वारा गत अगस्टमा आयोजित १२ औं नेपाली मेलाको अवसरमा आमा समूह अध्यक्ष सीता गुरुङको नेतृत्व एवं महासचिव यशोदा गुरुङको संयोजकत्वमा ‘सेकेण्ड ह्याण्ड’ सारी बिक्री गरी यो रकम जम्मा पारिएको थियो ।

नेपाली मेलामा सारी बिक्रीबापत संकलन भएको एक लाख २० हजार ६०१ रुपैयाँमा सपन इन्टरटेनमेन्ट लिमिटेडका डाइरेक्टर सपन कुमार राई र श्रीमती मञ्जु गुरुङ राईबाट १० हजार रुपैयाँ र तमुधिं यूकेका आजीवन सदस्य एवं सोपान डेभलपर लिमिटेडका चिफ बोर्ड डाइरेक्टर तथा स्वस्तिक ग्रुप लिमिडेटका डाइरेक्टर लक्ष्मी गुरुङबाट ५ हजार ४ रुपैयाँ थप गरी जम्मा एक लाख ३५ हजार ६०५ रुपैयाँ हस्तान्तरण गरिएको हो ।

तमुधिं यूकेका आजीवन सदस्य एवं सोपान डेभलपर लिमिटेडका चिफ बोर्ड डाइरेक्टर तथा स्वस्तिक ग्रुप लिमिडेटका डाइरेक्टर लक्ष्मी गुरुङले पवित्र सेवाकी सञ्चालक दीक्षा चापागाईँलाई सहयोग रकम हस्तान्तरण गरे ।

काठमाडौंको टोखास्थित आश्रममा पुगेर रकम हस्तान्तरण गरिएको थियो । आश्रममा बालबालिका, वृद्धवृद्धाका साथै अशक्त व्यक्तिहरु ६२ जना रहेको सञ्चालक चापागाईँले बताए ।

त्यसअवसरमा लक्ष्मी गुरुङले तमुधि यूके आमा समूहबाट आश्रममा आश्रित सबै परिवारलाई दशैंको आशिर्वादसहित मिठो खाना र न्यानो आवश्यक लुगाहरु किन्नका लागि रकम पठाएको जानकारी दिइन् ।

पवित्र सेवाका सञ्चालक चापागाईँले सहयोगी तमुधिं यूके आमा समूह लगायत सबै सहयोगदातालाई विशेष धन्यवाद दिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू