शुक्रबार, वैशाख ७, २०८१
14:52 | १९:३७

अमेरिकाबाट निमा रूम्बाको म्यूजिक भिडियो

नेपाली लिङ्क अक्टोबर ५, २०२१


गायक निमा रूम्बा नेपाली स्रोता दर्शकहरूका लागि कुनै नौलो  नाम होइन । हाल अमेरिकामा रहेका उनै गायक रुम्बाको नयाँ गीतको म्यूजिक भिडियो अमेरिकाबाट रिलिज भएको छ ।  

‘पागल प्रेमी २’ बोलको गीत बिहिबार सार्वजनिक भएको हो ।  भिडियोमा गायक रुम्बासँगै मिस यूनिभर्स नेपाल उपाधि जितेकी आंशिका शर्मा र उत्सव सिंहले अभिनय गरेका छन् ।  

गीतको शब्द पनि गायक रुम्बाको नै हो भने भिडियो आशिष श्रेष्ठले निर्देशन गरेका छन् ।

निर्देशक श्रेष्ठले यस अघि ‘सफर’ नामक नेपाली कथानक चलचित्र निर्देशन गरिसकेका छन् ।  

म्यूजिक भिडियो:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू