बुधबार, वैशाख १२, २०८१
23:07 | ०३:५२

नेपालमा थप एक हजार १५८ नयाँ संक्रमित   

रासस सेप्टेम्बर २८, २०२१

काठमाडौँ । पछिल्लो २४ घण्टामा एक हजार १५८ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १४ हजार तीन जनामा कोभिड–१९ परीक्षण गर्दा एक हजार १५८ जनामा संक्रमण पाइएको हो ।

आज थपिएकासँगै देशभर सक्रिय संक्रमितको सङ्ख्या १८ हजार ४२२ पुगेको छ । हाल संक्रमण दर १८.९ प्रतिशत छ ।

यस्तै ५०० भन्दा बढी संक्रमित भएका जिल्ला नौ र २०० भन्दा बढी संक्रमित भएका जिल्ला २० रहेका छन् । मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, कास्की र रुपन्देहीमा पाँच सयभन्दा बढी संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा एक हजार ३१८ ले संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुने कूल सङ्ख्या सात लाख ६३ हजार ७३४ छ । नेपालमा संक्रमणमुक्त हुने दर ९६.३ प्रतिशत छ ।

यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाको ज्यान गएको छ । अहिलेसम्म संक्रमणबाट ११ हजार ११५ जनाको निधन भइसकेको छ । हाल देशभर ३६४ जना सघन उपचार कक्ष (आइसीयू), १२० जना भेन्टिलेटर, १७ हजार १२५ जना होम आइसोलेसन, एक हजार २९७ जना संस्थागत आइसोलेसन र ३२८ जना क्वारेन्टिनमा छन् ।

यस्तै आज देशभरि दुई लाख आठ हजार ९० ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

अहिलेसम्म ६९ लाख ६० हजार ८२८ ले पहिलो मात्रा र ६२ लाख पाँच हजार ७७० जनाले पूर्ण मात्राको खोप लगाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू