मंगलबार, वैशाख ४, २०८१
08:55 | १३:४०

दीपकले ल्याए सालैजो गीत ‘जल चोखो’

नेपाली लिङ्क सेप्टेम्बर २६, २०२१

लण्डन–नेपालको गुल्मी जिल्लामा जन्मिएर बेलायतलाई कर्मथलो बनाएका नवोदित कलाकार दीपक थापा मैथाने मगर प्रवासको व्यस्त समयका बावजुत पनि कलाकारितामा निरन्तर समर्पित छन् । बेलायतमा हुने कलाकारिता सम्बन्धी गतिविधिमा निकै सक्रिय दीपक अहिले एकपछि अर्को गीत निकाल्न ब्यस्त छन् ।

केही समय अगाडि मात्रै गीत ‘बैगुनी’ सार्वजनिक गरेका कलाकार दीपकको उक्त गीतमा शब्द श्रृजना थियो । अहिले  दीपकले नेपाली कला संस्कृति झल्किने नयाँ सालैजो गीत ‘जल चोखो’ बजारमा ल्याएका छन् । 

गीत संगीत, अभिनय सँगसँगै दीपक निर्माणमा पनि सक्रिय छन् । दीपकको निर्माणमा तयार भएको ‘जल चोखो’ को भिडियोमा आनन्द गुरुङ र सुमित्रा गुरुङको अभिनय देख्न सकिन्छ ।

शितल गुरुङ र सम्झना शिवाकोटीको स्वर रहेको गीतका शब्द शृजना भिम रानाका हुन् । शितल गुरुङको संगीत रहेको गीतको एरेन्ज राकेश सोनीले गरेका हुन् । 

दीप गुरुङको निर्देशनमा तयार भएको भिडियोको सह निर्देशन सन्तोष थापा मगरले गरेका छन् । शम्भु चालिसेको छायांकन रहेको भिडियोको सम्पादन मेक बहादुर थापाले गरेका हुन् । भिडियो मैथाने इन्टरटेनमेन्टबाट बजारमा आएको हो ।

भिडियो:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू