बुधबार, वैशाख १२, २०८१
09:29 | १४:१४

खुमनको ‘आउंदैछु गाउँतिर’ दशैँ गीत सार्वजनिक

नेपाली लिङ्क सेप्टेम्बर २५, २०२१


लन्डन । हिन्दूहरुको महान पर्व बडादशैं आउन करिब केहि हप्ता मात्र बाँकी रहँदै गर्दा नेपाली कलाकारहरु दशैं गीत रेकर्ड गर्न थालेका छन् । भर्खरै मात्र गायक खुमन अधिकारीले ‘आउंदैछु गाउँतिर’ बोलको दशैं गीत सार्वजनिक गरेका छन् ।

विष्णु न्यौपानेको शब्द र गायक खुमन अधिकारीको संगीत संकलन रहेको उक्त गीतमा गायक खुमनलाई सुनिता बुढा क्षेत्री, चिज गुरुङ र दिया नेपालले साथ दिएका छन् ।

सुनिल परियारको संगीत संयोजन रहेको यस गीतको म्यूजिक भिडियोमा अन्जली अधिकारी र अभिशेक खड्काको अभिनय छ । कोरोना महामारीले गर्दा शहर भन्दा ग्रामीण परिवेश नै रमाइलो हुने भएकाले पनि यस गीतमा गाउँतिरकै सेरोफेरोलाई  प्रस्तुत गरिएको अधिकारीले बताए ।

जेरी भण्डारीको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको म्यूजिक भिडियोलाई नवीन घर्तिमगरले सम्पादन गरेका हुन् । 

शिव दर्शन फिल्मसको युट्युबमार्फत सार्वजनिक गरिएको उक्त म्यूजिक भिडियो दर्शकहरुले निकै रुचाएको र राम्रो प्रतिक्रिया पाएको गायक अधिकारीले बताए ।

आउंदैछु गाउँतिर’ भिडियो:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू