बिहीबार, वैशाख १३, २०८१
07:51 | १२:३६

बेलायत आउंदै प्रधानमन्त्री देउवा

नेपाली लिङ्क सेप्टेम्बर २४, २०२१

लन्डन । प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत आउने भएका छन् ।

पछिल्लो पटक प्रधानमन्त्री बनेपछि उनले आफ्नो पहिलो विदेश भ्रमण बेलायतमा गर्न लागेका हुन् ।  

आगामी नोभेम्बर १ र २ मा स्कटल्यान्डमा हुने जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२६) अन्तर्गतको ग्लोबल लिडर समिटमा भाग लिन देउवा बेलायत आउने भएका हुन् जसमा विश्वभरका राष्ट्र प्रमुख र सरकार प्रमुख सहभागी हुनेछन् ।  

बेलायती कूटनीतिज्ञ एवं कोप-२६ का एसिया प्यासिफिकका एम्बासडर केन ओ फ्लाहरटीले जलवायु परिवर्तन सम्मेलनमा नेपालको तर्फबाट प्रधानमन्त्री देउवा सहभागी हुने उल्लेख गर्दै ट्विट गरेका छन् । त्यसअघि उनले प्रधानमन्त्री देउवा र मुख्यसचिव शंकरदास वैरागीसँग छलफल गरेका थिए ।  

प्रधानमन्त्री बेलायत आउने सम्बन्धमा मन्त्रीपरिषदमा निर्णय हुन भने अझै बांकी छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू