बिहीबार, वैशाख १३, २०८१
08:47 | १३:३२

‘कोप २६’ विश्वका लागि नै महत्वपूर्ण: प्रधानमन्त्री जोन्सन 

(रासस -सिन्ह्वा सेप्टेम्बर २१, २०२१

संयुक्त राष्ट्रसंघ–संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन ‘कोप २६’ विश्वका लागि नै महत्वपूर्ण हुने जानकारी बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले दिएका छन् ।

उनले विश्वमा अहिले जलवायु परिवर्तनको पनि ठूलो समस्या रहेको र विश्व नै यो समस्याबाट आक्रान्त भइरहेको भन्दै उक्त सम्मेलन यस क्षेत्रको समस्यालाई कम गर्ने विषयमा महत्वपूर्ण रहने धारणा राखेका हुन् ।

संयुक्त राष्ट्रसंघीय मुख्यालय न्यूयोर्कमा संवाददाताहरुसँगको कुराकानीका क्रममा उनले सो जानकारी दिए ।

त्यस क्रममा उनले भने– ‘मलाई लाग्छ यो सम्मेलनमा हामी सबैलाई र विश्वका लागि पनि एक महत्वपूर्ण मञ्च हुनेछ, जहाँ हामीहरुले आफ्ना जिम्मेवारीका बारेमा पनि हामीले एक आपसमा कुरा गर्नेछौँ र हामीले यस विषयमा आवश्यक छलफल र परामर्श पनि गर्न सक्नेछौँ ।’

यस सम्मेलनका अवसरमा विश्वका धनी देशहरुले जलवायु परिवर्तनको असरका बारेमा आफूहरुले गर्नुपर्ने कामहरुको प्रतिवद्धता पूरा गर्ने विषयमा कुराकानी गर्नुपर्ने र यसका साथमा गरिब तथा विश्वमा जलवायु परिवर्तनबाट प्रभावित देश र जनताका लागि पनि सहयोग गर्नुपर्ने प्रतिवद्धताबारे पनि स्मरण गर्नुपर्ने उनले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू