शुक्रबार, वैशाख १४, २०८१
07:47 | १२:३२

म्यूजिक भिडियोमा आउँदै निमा रुम्बा

नेपाली लिङ्क सेप्टेम्बर १९, २०२१


लण्डन । गायक निमा रुम्बाको स्वर रहेको ‘पागल प्रेमी टु’ गीतको म्यूजिक भिडियो छिट्टै रिलिज हुने भएको छ । अमेरिका टेक्सास निवासी आशिष श्रेष्ठले निर्देशन गरेको उक्त भिडियो यु ट्युब मार्फत रिलिज हुने भएको हो । 

म्यूजिक भिडियोमा स्वयं गायक रुम्बा र मिस युनिभर्स नेपाल २०२१ अनिस्का शर्माले अभिनय गरेका छन् ।

यसअघि ‘सफर’ नामक नेपाली कथानक चलचित्र निर्माण गरिसकेका श्रेष्ठ यो भिडियोका निर्माता र सम्पादक पनि हुन् ।  

उनलाई निर्माणमा उज्ज्वल सिंहले साथ दिएका छन् ।  अमेरिकाको विभिन्न रमणिय स्थानहरुमा भिडियो छायांकन गरिएको छ ।

गीतको संगीत स्वयं गायक रुम्बा र संगीत संयोजन सुनिल बर्देवाको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू