शनिबार, वैशाख ८, २०८१
14:58 | १९:४३

सल्यानका राउटे परिवारलाई लन्डनका व्यवसायी लामिछानेले गरे सहयोग

नेपाली लिङ्क सेप्टेम्बर १८, २०२१

लन्डन । सल्यानस्थित सल्लीबजार नजिक रहेका राउटे परिवारलाई लन्डनस्थित एक व्यवसायी रविजंग लामिछानेले विभिन्न सामग्री सहयोग गरेका छन् ।

चिसिंदो मौसमलाई मध्यनजर गर्दै दयनीय जीवनशैली बिताइरहेका ४६ राउटे परिवारका १४१ जनालाई शुक्रबार एक कार्यक्रमबीच टेन्ट, म्याट्रेस, ब्ल्यांककेट, चप्पल, साबुन, आंटा लगायत सामग्री प्रदान गरिएको लामिछानेले जनाए ।

राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले ति सामग्री हस्तान्तरण गर्दै अर्थ सामाजिक राउटे जातीको जीवनस्तर सुधार्न दीर्घकालिन योजनामा जोड दिए । उनले अहिलेसम्मका सरकारले राउटेको जीवनस्तर सुधारेर सामाजिकीकरण गर्ने सवालमा ठोस् योजना ल्याउन नसकेको पनि बताए ।

‘राउटेहरुको भाषा, संस्कृति, धर्म, रितिरिवाज संरक्षण गरेर उनीहरुको जीवनस्तर रुपान्तरण गर्न जरुरी छ, उनीहरुलाई सहयोगका नाममा अरुले फाइदा लिइरहेका छन्’, अध्यक्ष तिमिल्सिनाले भने ।

सहयोग वितरण कार्यक्रममा सल्यान र सुर्खेतका प्रमुख जिल्ला अधिकारी, स्थानीय मेयर, प्रदेश सांसद, प्रहरी प्रमुखहरु लगायत सहभागी थिए ।


रविचन्द्र ट्रष्ट नेपालका संस्थापक अध्यक्ष लामिछानेले
अहिले ट्रष्टमार्फत ४० जना अनाथ जेहेन्दार बालबालिकालाई नेपालका विभिन्न जिल्ला पर्वत, दाङ, गोरखाको बोर्डिङ स्कुलमा पढाइरहेका छन् । विद्यार्थी संख्या एक सय पुरयाउने उनको लक्ष्य छ ।

विपत्तिका बेला सहयोग गर्न सधैं अग्रसर रहने उनले केही महिनाअघि सरकारको कोरोना कोषमा १५ लाख रुपैयां र पर्वत एवं म्याग्दीका दुई विद्यालय एवं पर्वतको एक स्वास्थ्य चौकीलाई कुल १० हजार मास्क र स्यानिटाइजरसहित स्वास्थ्य सामग्री प्रदान गरेका थिए ।

उनले महाभूकम्प पीडितको सहयोगका लागि नेपाल प्रहरी, नेपाली सेना तथा आफ्नो परिवारमार्फत ६ करोड बराबरको राहत सामाग्री पनि वितरण गरेका थिए । साथै प्रधानमन्त्री कोषमा तत्कालिन प्रधानमन्त्री सुशील कोइराला मार्पmत ५१ लाख १७ हजार ७२७ रुपैयां नगद जम्मा गरेका थिए ।

उनले काठमाडौं, पर्वत लगायत ठाउंमा झण्डै एक दर्जन मन्दिर बनाइदिएका छन् ।

    

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू